बुधबार, बैशाख १९, २०८१

स्लोभाकिया पठाईदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गर्ने नेम्बाङ पक्राउ

काठमाडौं चैत  २८,  
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पाँचथर फागुनन्द गाउँपालिका ३ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।