बुधबार, बैशाख १९, २०८१

साल्ट ट्रेडिङको अध्यक्षमा प्रदीपलाल नियुक्त

काठमाडौं चैत २८,
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठलाई नियुक्त गरिएको छ । सोमबार बसेको कर्पोरेसनको सञ्चालक समितिको बैठकले यसअघि सञ्चालकको रुपमा काम गर्दै आएका प्रदीपलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 आठ वर्षदेखि कर्पोरेसनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।