सोमवार, बैशाख २४, २०८१

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

 काठमाडौं चैत २७ ,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।  नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष समेत रहेका आचार्यलाई सोमबार प्रधानमन्त्रीको प्रमुख प्रेस सल्लाहाकार नियुक्त गरिएको हो ।

प्रेस सेन्टर नेपालका सल्लाहकार समेत रहेका आचार्यले यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहाकारको जिम्मेवारीमा प्राप्त गरेका थिए।