सोमवार, बैशाख २४, २०८१

परम्परागत गुथी, खलः, पुचलाई महानगरको आर्थिक अनुदान

काठमाडौं चैत २७
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बीचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउनुभएको छ । काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता संगै प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिको संरक्षणका लागि महानगरले सरोकारवालासंग सहकार्यको अपेक्षा गरेको बताउनुभएको छ ।   गुँला बाजा र परम्परागत ज्यापू गुथि, खलः पुचलाई परम्परागत बाजा संरक्षण तथा बाद्य कला पुस्तान्तरण कार्यका लागि अनुदान रकम उपलब्ध गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।

त्यस्तै उहाँले ‘परम्परागत बाजाको अभिलेख बनाउने, बाजा बजाउन इच्छुकहरुका लागि ट््युटोरियल बनाउने, बाजा बजाउनेलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयो ।

  कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गर्नुभयो । ‘सामाजिक व्यवस्थापन र पहिचानका लागि संस्कृति क्रियाकलापको महत्वलाई काठमाडौँ महानगरपालिकाले नीति र कार्यक्रममा समेट्ने प्रतिवद्धता जनाउँदै यस्ता चलनसँग जोडिएका ठाउँ, आँग छेँ, त्वाः छेँ, द्योः छेँः जस्ता स्थानको अध्ययन गर्ने र प्रवर्धनका लागि शैक्षिक क्षेत्रसँग जोड्ने बताउनुभयो ।

 काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको बताउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, ज्यापू महागुथिका अध्यक्ष पञ्चनारायण महर्जन,गुँला बाजं व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यलागयतले परम्परागत गुथीको महत्व माथि प्रकाश पार्नु भएको थियो ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31