मङ्लबार, बैशाख १८, २०८१

कोभिड १९ सङ्क्रमणलाई सामान्य रुघाखोकी बुझेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

 काठमाडौं चैत १४ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सङ्क्रमणलाई सामान्य रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै अहिले कोभिड सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोभिड परीक्षण गराउन आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा कोभिड भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण ह्वात्तै बढेको छ । आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको मन्त्रालयले जनाएके छ ।

त्यस्तै मन्त्रालयले सोमवार एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको जनाउादै पछिले समय सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको जनाउँदै  कोभिड रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा ९बुस्टर डोज० सबैलाई लगाउन सोत भनेमो छ ।