शनिबार, बैशाख १५, २०८१

माओवादी केन्द्रको पदाधिकारी बैठक: सोमबार सम्ममा मन्त्रिपरिषदलाइ पूर्णता दिने तयारी

काठमाडौं चैत ११,
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज अपरान्ह बसेको पदाधिकारी बैठक मन्त्रिपरिषद विस्तार लगायतका विषयमा घनिभूतरुपमा नितिगत छलफल गरेका छन ।

पदाधिकारी बैठकले पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्दै पार्टी अध्यक्ष एवम प्रम प्रचण्डले सोमबारसम्म आफु नेतृत्वको मन्त्रिपरिषद्लाइ पूर्णता दिने तयारी भएको बताइएको छ ।
पछिल्लो समय सत्ता समीकरण फेरिएसँगै प्रम प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद विस्तानेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलहरु सरकारमा सहभागी हुनेछन ।

प्रधानमन्त्रीले आइतबार साँझसम्म सत्ता गठबन्धनमा रहेका दलहरुसंग मन्त्रिमण्डल बाँडफाँटका विषयलाई छलफल सहित टुंग्याउँदै सबै दलसँग मन्त्रीहरूको नाम माग गर्ने विषय देखि संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकलाई टुङ्गाउने विषयमा समेत छलफल गर्ने निर्णय बैठकले गरेको छ ।