शनिबार, बैशाख १५, २०८१

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सहित विश्वासको मत

काठमाडौं फागुन २१,
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमत सहितको विश्वासको मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शाहले आज विश्वासको मतका लागि अपिल गर्ने भएको हो।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त भएको हो ।

अंक गणितको अनुसार प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ सासंदको समर्थन आवश्यक पर्ने हुन्छ । तर आजको बैठकमा उपस्थितमध्ये शाहले ५२ जना सांसदमध्ये पक्षमा ४१ र विपक्षमा ११ मत परेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

त्यस्तै मुख्यमन्त्री शाहलाइ विश्वासको मत दिने दलहरुले शाह नेतृत्वको सरकारमा सहभागीसमेत हुने निर्णय गरेका थाहा भएको छ ।