आइतवार, बैशाख १६, २०८१

आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिखेलाडी २ लाख पुरस्कार

 काठमाडौं फागुन ११
प्रधानमन्त्री प्रचण्डले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो ।

विजेता खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, देशकै गौरवको श्रीवृद्धि गर्दै इतिहास रच्नुभएकोमा सर्वप्रथम तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ।

त्यस्तै प्रधानमन्त्रीले आउने प्रतिस्पर्धाका लागि शुभकामना दिदै तपाईहरूलाई प्रेरणा मिलोस् भनेर नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु भन्दै पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको बताउँनुभयो ।