बुधबार, बैशाख २६, २०८१

सातै  प्रदेशका नागरिकमाझ सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन आवश्यक: राष्ट्रपति भण्डारी

काठमाडौ फागुन ९,
बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ुहेटौंडा अस्पतालु को नयाँ भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सहज र सुलभ पहुचमा पुर्याउनु संघीयताको अवधारणा अनुरुप मुलुकको सातै वटा प्रदेशलाई सुविधा सम्पन्न बनाउन जरुरी रहेको बताएकी छिन् ।

संघीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा ३ तले अस्पतालको नयाँ भवन बनाइएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले पहिलो कार्यकालमा नै मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ पारित गरेर प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको उल्लेख गरे ।

 त्यस्तै राष्ट्रपति भण्डारीले नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवालाई घरघरमा पुर्याउनु जरुरी रहेको जिकिर गर्दै जनस्वास्थ्यको उच्चतम लक्ष हासिल गर्नका लागि जनताको घरदैलोमा सामान्य औषधि मुलोदेखि आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा पुर्याउनु जरुरी रहेको बताइन् ।

 साथै हाँले पछिल्लो समय देखा परेका नयाँ रोग र महामारीको सामना गर्न सक्षम हुनेगरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन तिनै तहको सरकारले उचित ध्यान दिनुपर्नेमा जोड दिदै जनस्वास्थ्यका क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनतालाई सर्वसुलब रुपमा स्वास्थ्य सेवा र विद्यार्थीलाई सुपथ शुल्कमा गुणस्तरीय शिक्षा दिनुपर्ने उनले बताइन् ।

उद्घाटन्सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले पहिलो कार्यकालमा नै मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ पारित गरेर प्रदेशको राजधानी हेटौँडाको जिल्ला अस्पताललाई स्तरोन्नति गरेको बताउनुभयो । कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायतका मन्त्रीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031