सोमवार, बैशाख २४, २०८१

सत्ता साझेदार दल एमालेको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं माघ २३ 
नेकपा एमालेले आगमी माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी को पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको छ ।

यसअघि माघ २९ र फागुन १ गते केन्द्रीय कमिटीको पूर्ण बैठकका लागि सर्कलर जारी गरिएको थियो । तर नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पूर्व निर्धारित बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित भएको जानकारी दिनुभयो ।

बैठकका लागि प्रस्तावित एजेन्दामा अनुरुप बैठकका लागि आवश्यक तयारी नपुगेका कारण बैठक स्थगित गरिएको नेता रिजालले बताउनुभयो ।