बुधबार, बैशाख २६, २०८१

प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा पद प्राप्तिको प्रतिस्पर्धा भइरहेको काँग्रेसको टिप्पणी

काठमाडौं पुस २० ,
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको मौजुदा सात दलीय सत्ता गठबन्धन स्वाभाविक नभएको जिकिर सहित गठबन्धनमा ठूलो विरोधाभासपूर्ण रहेको बताउनुभएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलनमा वोल्दै प्रवक्ता डा.महतले सात दलीय सत्ता गठबन्धनमा पद प्राप्तिको प्रतिस्पर्धा भइरहेको टिप्पणी सहित सत्ताबाट वाहिरिनु परेको काँग्रेसमा कुनै विचलन नआएको जनाउ सहित संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै काँग्रेसले जनजीविका , राष्ट्रियता लगायतका मुद्दा सशक्त ढंगले उठाउँने बताउनुभएको छ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै डा महतले गठबन्धनमा विचार दृष्टिकोणमा एकता छैन । नो नट अगेनको नारा लगाएर आएका नयाँ पार्टी पद प्राप्तिमा गएर टुंगिएको र पछिल्लो समय ‘सरकारमै बसेर प्रतिपक्षी भूमिका गर्ने कुरा समेत आएको बताउनुभयो ।

त्यस्तै यसवीचमा पार्टीको संगठन निर्माण र एकतासंगै हामी व्यक्ति केन्द्रित नभई विषय, नीति र लक्ष्य केन्द्रित भएर आफ्नो दायित्व निर्वाह गर्ने बताउँदै रेलिङ भाच्ने वा संसद्लाई महिनै बन्दी बनाउने काम कांग्रेसबाट नहुने बताउनुभएको छ। साथै उहाँँले २८ गते बस्ने केन्द्रीय समिति बैठकपछि पार्टीका विभाग गठन, भ्रातृ संस्थालाई पूर्णता दिइने महतले बताउनुभयो ।

 

httvs://www.facebook.com/nepalicongresshq/videos/2091046057756873