मङ्लबार, बैशाख ४, २०८१

बागमती प्रदेशसभाको सभामुख र उपसभामुख निर्वाचनको उम्मेदवारी दर्ता पुस २८ मा

 काठमाडौं पुस २०,
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचन अन्र्तगत पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले  जनाएको छ ।

प्रदेशसभा सचिवालयले सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता संगै सोहि दिन उम्मेदवारको नाम फिर्ता लिने र दर्ता भएका उम्मेदवारको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ।

त्यस्तै सभामुख र उपसभामुख पदकालागि पुस २९ गते दिनको ११ बजे बस्ने को बैठकमार्फत निर्विरोध भएमा वा मतदानको कार्यक्रम सहित चुनावी परिणाम घोषणा गर्ने तयारी रहेको जनाएको छ। प्रदेशसभामा कांग्रेस, एमाले,माओवादी केन्द्र,राप्रपा ,नेकपा एस,नेमकिपा  ,हाम्रो नेपाली पार्टीका गरि एक सय १० जना प्रदेशसभाका सदस्य रहेको  छ।