शुक्रबार, बैशाख १४, २०८१

शनिवार न्यू इयर इभ तथा ठमेल महोत्सव हुने

 काठमाडौं पुस १५ ,
ठमेल पर्यटन विकास परिषदले आगामी आइतवार  शुरु हुने अग्रेजी नयाँ वर्ष  सन ‘२०२३’ अवसरमा ‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंको ठमेलमा आयोजना हुने ‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ को उद्घाटन उप राष्ट्रपति नन्द बहादुर पुनले गर्नुहुने आयोजकले जानकारी दिएको हो ।

‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ शनिबार साझँ ५ः३० देखि सुरु हुने सो कार्यक्रम ठमेलको केशरमहल संन्चयकोष अगाडी हुनेछ भने वर्ष २०२२ लाई विदाई गरी नयाँ वर्ष २०२३ लाई स्वागत गरेर कार्यक्रमको समापन गरिने आयोजक समितिले जनाएको छ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सहभागि ‘फूड’ स्टलको गुणस्तरको जाँच गर्ने बताउनुभयो । साथै उहाँले छिमेकी राष्ट्रमा बढिरहेको कोभिड संक्रमणबाट बच्न सबैले मास्कको प्रयोग गर्नुपर्ने बताउँनुभयो ।

त्यस्तै उहाँले महोत्सवमा सहभागि सबैले अनिवार्य मास्को प्रयोग गर्नु पर्नृमा जोड दिदै महोत्वसमा प्रर्यंटन व्यवसायलाइ प्रवद्र्धन गर्ने नेपालको मौलिक कला, संस्कृति झल्किने खालका कार्यक्रमसंग विशिष्ठ व्यक्तित्वहरुबाट शुभकामना आदानप्रदान हुने कार्यक्रमहरु रहेको जानकारीदिनुभयो ।

कोभिडका कारण थला परेको पर्यटकीय क्षेत्र ठमेललाई पुर्नस्थापना र आर्कषित बनाउन पछिल्लो समय ठमेल पर्यटन विकास परिषदको संयोजन तथा नेपाल टेलिकम लगायत विभिन्न सेवा प्रदायक कम्पनीहरुको सहभागितामा ९५ प्रतिशत बढि तार व्यवस्थपन भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ को काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, बरुण वेभरेज लगायतका निकायको आर्थिक तथा प्राविधक सहयोगमा सबै तयारी पूरा भएको जानकारी संगै कार्यक्रमका लागि २० देखि २५ लाख खर्च भएको आयोजकले जनाएको छ ।