मङ्लबार, बैशाख २५, २०८१

खनाल सहित काठमाडौं चार स्थानमा रास्वपाका उम्मेदवार निर्वाचित

काठमाडौं मंसिर ७,

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनाको घोषित परिणाम अनुसार काठमाडौ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल १४ हजार दुई हजार चार मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।

खनालका निकटम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गर्नुभएको छ । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३८ हजार नौ सय १० मत खसेको थियो ।

यसैवीच खनालको विजय घोषणासंगै काठमाडौं १० निर्वाचन क्षेत्र मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा अर्थात क्षेत्र न २, ६,७ ,८ मा आफ्नो पकड जमाएका छ भने नेपाली काँग्रेसले क्रमस क्षेत्र १,३,४,५र १० मा र क्षेत्र न ९ एमालेले जित हात पारेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031