सोमवार, बैशाख २४, २०८१

१६५ निर्वाचन क्षेत्रमध्ये २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

काठमाडौं मंसिर ७,
मंसिर ४ गते सम्पन्न् आम निर्वाचन मार्फत प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मत परिणम सार्वजनिक भएका निर्वाचन क्षत्र ध्ये नेपाली काँग्रेसले १३ ,एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टी एक स्थानमा निर्वाचित भएके जनाएको छ ।

काङ्ग्रेसतर्फ डडेलधुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा,काठमाडौँ १ बाट प्रकाशमान सिंह, काठमाडौँ ३ बाट सन्तोष चालिसे, काठमाडौँ ४ बाट गगनकुमार थापा, काठमाडौँ ५ बाट प्रदीप पौडेल, काठमाडौँ १० बाट राजेन्द्र बहादुर केसी, ललितपुर १ बाट उदय शमशेर जबरा, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, मनाङ १ बाट टेक बहादुर गुरुङ, सुर्खेत २ बाट हृदयराम थानी,पर्सा ४ बाट रमेश रिजाल र तनहुँ २ बाट शङ्कर भण्डारी रहेका छन ।

यस्तै एमालेतर्फ काठमाडौ ९ बाट कृष्ण गोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, ललितपुर २ बाट प्रेम बहादुर महर्जन विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौँ २ मा सोविता गौतम, काठमाडौँ ७ मा गणेश पराजुली र काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

एकीकृत समाजवादीतर्फ अछाम १ बाट शेर बहादुर कुँवर विजयी हुनुभएको छ । राप्रपातर्फ बारा २ बाट धवलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टका तर्फबाट कैलाली ३ बाट गङ्गाराम चौधरी निर्वाचित भएके आयोगले जनाएके छ ।