सोमवार, बैशाख २४, २०८१

काठमाडौं २,७ र ८ मा स्वतन्त्र पार्टीका गौतम ,पराजुली र श्रेष्ठ निर्वाचित

काठमाडौं मंसिर ७,
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन मार्फत काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भए का छन । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४ हजार २ सय १६ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन्। यसअघि उनि बागमती प्रदेशका विवेकशील साझाको तर्फबाट प्रदेशसभासदको जिम्मेवारीमा रहेका थिए ।

श्रेष्ठले १० हजार १ सय ५ मत पाउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन्। त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार तथा बहालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत राप्रपाका प्रकाश रिमालले ४,२२५ मत र एमालेका शिवसुन्दुर वैद्यले ३ हजार ५२२ मत प्राप्त गरेका छन ।

यसैवीच काठमाडौं २ बुधबार बिहान सम्पन्न मतगणनाअनुसार प्रतिनिधि सभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम १५ हजार दुई सय २९ मत प्राप्त गरि निर्वाचित भएका छन भने काठमाडौं ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै काठमाडौं ८ क प्रदेशमा हाम्रो नेपाली पार्टीका उम्मेदवार र ख प्रदेशमा राप्रपाका उम्मेदवार निर्वाचित भएकोनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।