बिहिबार, बैशाख २७, २०८१

राजनीतिक विश्लेषकहरुको अनुमानित आकंडा प्रक्षेपण, १६५ मध्ये कुन दलको सिट कति ?

काठमाडौं कार्तिक   २७,

एकसाता पछि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रीत हुन्दै पछिल्लो समय राजैनैतिक दलका उम्मेदवार संगै र स्वतन्त्र उम्मेदवारहरूले के कति सिट जित्लान रु बहुमत कुन पार्टीले ल्याउला? ठुलो पार्टी कुन होला भन्ने जस्ता अनेक चर्चा परिचर्चा सहितका चिया चुस्की सहितको छलफलले राजधानीको विभिन्न चोक चोकमा चल्न थालेको छ।

त्यस्तै आम निर्वाचनको चुनावी प्रचारप्रसारमा जुटेको राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारको प्रचारशैली देखि भिड सम्मलाइ दृष्टिगतगर्दै चलेको यसकिसिमको चर्चा परिचर्चाले मुलत मंसिर ४ अघिनै देशभर प्रतिनिधि सभाको १६५ सिटमध्ये राजनीतिक विश्लेषकहरूले निम्नानुसार निर्वाचन जित्ने अनुमानित आकंडा प्रक्षेपण गरेका    छन ।

ती विश्लेषकहरुका अनुसार आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस ७० सिट नेकपा एमाले ३० सिट, नेकपा माओवादी केन्द्रले २५ सिट, नेकपा एसले ८ सिट ,जसपा नेपाल ११ सिट , लोसपाले ७ सिट, राप्रपाले ५ सिट, नेमकिपाले १ सिट , राजमोले १ सिट, रास्वपार्टीले १ सिट , नाउ पार्टीले १ सिट र स्वतन्त्रले ५ सिट सहित १६५ निर्वाचन क्षेत्रको छिनाफानो हुने आकंल गरेको हो ।