मङ्लबार, बैशाख ११, २०८१

गठबन्धनका उम्मेदवारलाइ निर्वाचित गराउन काँग्रेस प्रवक्ता डा. महतको अपिल

काठमाडौं कार्तिक  २६, 

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र न ८ क प्रदेश अन्र्तगत काठमाडौं महानगर डा न१९ चिवाखेलमा  आयोजित   प्रदेश   आज आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै उहाँँले प्रतिगमन विरुद्धका लागि गठबन्धन बनेको समेत स्पष्ट पार्नुभयो ।

प्रवक्ता महतले लोकतन्त्रमा जनताको कुरा सुन्नु पर्छ, सहयात्रीको कुरा सुन्नु पर्छ तर एमाले अध्यक्ष केपी ओलीले जनताले ५ वर्षका लागि दिएको जनमतको अपमान गर्दै लोकतन्त्रको मान्यता विपरितका मार्ग अख्तियार गर्दै दुई – दई पटक संसद विघटन गर्ने जस्ता अलोकतान्त्रिक कार्य संगै कोभिडको समयमा जनस्वास्थ्यमाथि गरेको खेलवादका कारण उहाँलाइ जनतासंग भोटमाग्ने नैतिक अधिकार नभएको बताउनुभयो । साथै प्रवक्ता महतले केपी ओलीको अराजकताबाट संविधानको रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र न ८ सहित देशभर गठबन्धनका उम्मेदवारलाइ निर्वाचित गराउन अपिल गर्नुभयो ।

चुनावी सभामा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहनुभएका नेकपा एसका नेता जीवनराम श्रेष्ठ , क प्रदेश सभाका उम्मेदवार रहनुभएका काँग्रेसका युवा नेता राजुराज जोशी लगायतले  प्रतिगमन विरुद्ध अग्रगमनका पक्षमा आफ्नो मत जाहेर गरि  संविधानको रक्षासंगै  आफु र आफ्नो सन्ततीको रक्षाको लागि योगदान गर्न अपिल गर्नुभयो ।  साथै उहाँहरुले निर्वाचन क्षेत्रको विकासको ढोका खोल्दै यहाँ विद्यमान लालपूर्जा लगाउतका यावत समस्याको समाधानसंगै स्वास्थ्य , शिक्षा, रोजगारीको नयाँ आयम कोरिने भन्दै कसैको डर, धम्कीमा नलागी गठबन्धनलाई विजयी गराउन अपिल समेत गर्नुभयो ।