शनिबार, बैशाख १५, २०८१

सत्ता गठबन्धनका शिर्ष नेतृत्वको सम्बोधन सहित आज चितवनमा चुनावी सभा हुँदै

 काठमाडौं कार्तिक २६, ,

आसन्न् आम निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनका शिर्ष नेतृत्व देश दौडाहामा रहेका छन । यसैक्रममा सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा गर्दैछ । आजको चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गठबन्धनका नेताहरू केही दिन अघि मात्र सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेका थिए ।