बुधबार, बैशाख २६, २०८१

५५० जना व्यक्तिको नाम बन्दसूचीबाट हटाउने आयोगको  निर्णय 

काठमाडौं कात्तिक ८ ,

 निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको छ । समानुपातिकतर्फ दलहरूले आयोगमा पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जनामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जनासहित ५५० जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको हो

त्यस्तै  आयोगका सहायक प्रवक्ता कमल भट्टराईले आज जारी  विज्ञप्तिमा  तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेका दाबी विरोधउपर जाँचबुझबाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणाली तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना कालोसूचीमा रहेका एक जना गरी कुल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको  उल्लेख गरिएको  छ।