बिहिबार, बैशाख २७, २०८१

उमेदवारी मनोनयनपत्र दर्ता गर्दा के-के चाहिन्छ ? यस्तो छ चेकलिष्ट

काठमाडौ असोज २३ ,
मंसिर ४ गते हुने निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उमेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । प्रत्यक्षतर्फको उमेदवारी मनोनयनपत्र दर्ताका लागि आफ्नो क्षेत्रअन्तर्गत पर्ने निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । साथै मनोनयनपत्र दर्ता गराउन निम्नानुसारको कागजात आवश्यक पर्ने आयोगले जनाएकोछ ।

मनोनयनपत्रका साथ संलग्न गर्नुपर्ने कागजात :

  •  उमेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि
  •  मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
  •  प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा
  •  दलको उमेदवारको हकमा दफा १९ बमोजिमको औपचारिक पत्र [प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७  बमोजिम]
  •  धरौटी जम्मा गरेको नगद रसिद वा बैंक भौचर
  • स्वघोषणा [प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–६ बमोजिम]
  • उमेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम [प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–९  बमोजिम]
  • उमेदवारको वैयक्तिक विवरण फाराम [प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१०  बमोजिम] ।