शुक्रबार, बैशाख १४, २०८१

गठबन्धनको शिर्ष नेतृत्ववीच सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक बैठक बस्दै

[फाइल फोटो]

काठमाडौं असोज १८,
आसन्न आम निर्वाचन लक्षित हुँदै सत्तारुढ गठबन्धन दलको शिर्ष नेतृत्ववीच सिट बाँडफाँटको टुंगो लगाउनका अन्तिम एवम् निर्णायक बैठक बस्दै छ । आज अपरान्ह ३ बजे बस्ने जानकारी प्राप्त सत्तारुढ गठबन्धनको आजको बैठकबाट सिट बाँडफाँटको क्रमलाइ अन्तिम रुप दिनेने नेताहरुको तयारी रहेको थाह भएको छ।

स्मरण रहोस, यसवीचमा भएको बैठकमा सिट बाँडफाँटको क्रममा आफ्नो मागको यथोचित सम्बोधन नभएसंगै जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको छ ।

प्राप्त पछिल्लो सिट बाँडफाँटको क्रममा सत्तारुढ गठबन्धनवीच बनेको प्रारम्भिक सहमति अनुसार प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एसले १५, ,जसपाले १३ र राजमोले २ क्षेत्र पाउने गरी छलफल भइरहेको र आजको बैठकले प्रारम्भिक खाँकालाइ नै अनुमोदन गर्ने प्रवल संभावना रहेको बताइएको छ।