बुधबार, बैशाख १२, २०८१

देशभर विहानैदेखि बदली र वर्षा,वर्ष ०७९को दशैँ हिले दशैँमा रुपान्तरण

काठमाडौं असोज १८,
मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेका कारण प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा विहानदेखि बदली रहनुको अलावा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको संभावना औल्याएको छ। त्यस्तै बाँकी प्रदेशका पहाडी भूभागमा पनि सामान्य बदलीसंगै प्रदेश १ का थोरै स्थानहरूमा वर्षा भइरहेको जनाएको छ।

साथै आज राति देशभर बदली रहनुको अलावा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले रहन यसवीचमा सचेत आग्रह गरेको छ ।

साथै बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थान र प्रदेश १, मधेस प्रदेशका एकाध स्थानहरूमा भारी वर्षाको सम्भावनारहेसंगै यस क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै गरि महाशाखाले बुधबार बडादशैंको विजया दशमीको दिन मौसमी प्रणाीमा देखिएको उतारचढावका कारण देशभर सामान्यदेखि पूर्ण बदलीसंगै वर्षाको संभावना रहेकै कारण यसवर्षको दशैं हिले हुने मौसमी पूर्वानुमानले देखाएको जनाएकोछ ।

महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबार राति पनि देशभर भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै बिहीबार पनि देशभर पूर्ण बदली रहनुको अलावा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।