काठमाडौ असोज ५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले १ हजार ९७ पीसीआर परीक्षण गर्दा ३९ र दुई हजार ३५० एन्टीजेन परीक्षण गर्दा ४१ जना गरि उल्लेखित सख्यामा सङ्क्रमितको पहिचान भएको जनाएको हो ।
त्यस्तै, यसवीचमा मृत्युदर शून्य रहनुको अलावा १७५ जना सङ्क्रमण मुक्त भएका छन् भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय ८३ रहेको जानकारी समेत मन्त्रालयले दिएको छ ।