बुधबार, बैशाख २६, २०८१

राष्ट्रपतिलाइ संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन

काठमाडौ असोज ५,
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकबाटै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनेर आजाव उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद भएको बताउनुभएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानत प्रत्यायोजित अधिकारको उल्लंघन गरेको जिकिर सहित आज एक विज्ञप्ति जारी गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताउनुभएको हो।

संविधानको व्यवस्थाअनुसार नागरिकता विधेयक ४ असोज मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । जसलाई संविधानको धारा ११३ [४] को गम्भीर उल्लंघन मानिएको जिकिर सहित संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु जारी विज्ञप्तिमा भनिएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031