मङ्लबार, बैशाख १८, २०८१

संविधान दिवशको अवसरमा पूर्व प्रम स्व : कोइरालालाई मृत्युपरान्त नेपाल रत्न सम्मान

काठमाडौं असोज ३ ,
गत भाद्र ३१ गते बसेको मन्त्रिपरिषद् बैठक मार्फत सरकारले संविधान दिवश २०७९ को अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै ९९८ जनालाई मानपदवी, अलङकार र पदकबाट विभुषितगर्ने निर्णय गरेको छ । यसरी मानपदवी पाउने ७३६, अलङकार पाउने १७६ र पदक पाउने ८१ जना रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित सूचनामा सरकारले ३७ औँ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुशील कोइरालालाई मृत्युपरान्त नेपाल रत्नबाट सम्मान गर्ने निर्णय गरेको छ भने राष्ट्र गौरब स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतविद् सत्यमोहन जोशीलाई प्रदान गर्ने र्णिय गरेको छ।

त्यस्तै सुप्रशिद्ध प्रवल जनसेवाश्री संस्कृतीविद् डा जगतमान गुरुङ, प्रशिद्ध प्रवल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७ जना र सुप्रवल जनसेवाश्री १६५ जनालाई प्रदान गरिएको छ । यस्तै कीर्तिमय राष्ट्रदीप ६, प्रवल जनसेवाश्री ३२१, राष्ट्रदीप  २ र जनसेवाश्री २०६ जनालाई प्रदान गरिएको छ ।

यस्तै अलङकारहरुमा राष्ट्र यशोवद्धक १०, परमपौरख भाष्कर २, नेपाल प्रतापभुषण ३६, नेपाल सेवा प्रविण २३, अति पौरख भाष्कर ८, नेपाल प्रताप आभुषण १९, समाजसेवा रत्न ३७, महापौरख भाष्कर १८ र नेपालप्रताप भुषण २३ जनालाई प्रदान गरिएको छ ।

यस्तै पदकहरुमा राष्ट्र सेवा पदक प्रथम श्रेणी ६, शिक्षाज्योती पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२ वीरता पदक ८, सौर्य पदक १, प्राकृतिक प्रकोप पीडतोद्धार पदक ७ र विकास पदक १६ जनालाई प्रदान गरिएको जारी सूचनामा उल्लेख गरिएकोछ ।