मङ्लबार, बैशाख १८, २०८१

वर्ष २०७९ को विजयादशमी पर्वको बिहान ११ः५१ बजे को साइत उत्तम

काठमाडौं असोज ३ ,
नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्ष २०७९ को विजयादशमी पर्वको शुभ साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको जनाएको छ । त्यस्तै समितिले असोज १९ गते बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने जनाएको हो ।

विजयादशमीका दिन दिनभर देवी दुर्गाको टीका लगाउन सकिने भए पनि शुभ साइतमै टीका लगाउन चाहनेका लागि साइत सार्वजनिक गरिएको समितिले शुभ साइतमा मान्यजनबाट टीका, प्रसाद ग्रहण गर्नु उत्तम हुने जनाएको छ।

साथै समितिले असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँने र घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको जनाउँदै असोज १६ गते आइतबार फूलपाती ,असोज १७ गते सोमबार महाअष्टमी पर्व र कालरात्रि पर्व र १८ गते मङ्गलबार महानवमी पर्व र असोज १९ गते बुधबार विजयादशमी पर्व मनाइने जनाएको छ ।