शुक्रबार, बैशाख १४, २०८१

हनुमानढोेकास्थित कागेश्वरी मन्दिरमा भक्तजनको भिड, इन्द्रजात्राको लिङ्गो हनुमानढोकामा

काठमाडौं भाद्र १९,
कागको छुवाइ र बिष्टयाइँबाट हुने अनिष्टबाट बच्नका लागि आज राजधानीको हनुमानढोका स्थित कागेश्वर महादेव मन्दिरमा बिहानैखदेखिभक्तजनको भिड लागेको छ । यो मन्दिर सर्वसाधारणहरुका लागि प्रत्येक वर्ष भाद्रकृष्ण शुक्ल अष्टमीका दिन मात्र खुला गरिन्छ। महाभूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त यस मन्दिरको पुन निर्माण गरिएको हो ।

त्यस्तै गरि आजै गागलफेदी–१ मा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा कागेश्वरी खोलाको किनारमा रहेको कागेश्वर महादेवको मन्दिरमा हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहिआएको छ ।

यसैबीच यस वर्षको इन्द्रजात्राको क्रममा हनुमानढोका दरवारस्थित कालभैरव मन्दिर पसिरमा उठाइने लिङ्गो आजै हनुमानढोका लिङ्गो ल्याइपु९याइएको छ । यस वर्ष भाद्र २२ गते अर्थात भाद्र शुक्ल द्वादशीका दिन बिहानीको शुभसाइतमा साइतमा इन्द्रध्वजा उठाउने कार्यक्रम रहेको थाहा भएके छ। इन्द्रध्वजा उठाइएसंगै उपत्यकामा राष्ट्रिय पर्व इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।