आइतवार, बैशाख १६, २०८१

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने काँग्रेस महामन्त्री थापाको उद्घोष

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने काँग्रेस महामन्त्री थापाको उद्घोष
काठमाडौं भाद्र १५ ,
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले मंसिर ४ गते हुने संघीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् ।

बुधबार दिउँसो कास्की कांग्रेस १ क्षेत्रीय समितिको बैठकले थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरेसंगै महामन्त्री थापाले सामाजिक सञ्जाल मार्फत ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ज्ञापन गर्दै उहाँले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिनुभएको हो ।

त्यस्तै महामन्त्री थापाले सामाजिक सञ्जालमा कास्की क्षेत्र नं.१मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद! मैले काठमाडौँ क्षेत्र नं।४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो लेऋनुभएको छ ।