सोमवार, बैशाख १७, २०८१

आज देशभर मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

 काठमाडौं साउन ५,
मनसुनी वायुको बढ्दो प्रभावसंगै आज देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यस्तै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर रहेको छ। जसले गर्दा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जानकारी दिएको छ।

साथै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाउँदै विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

देशको पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ भने सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको प्रक्षेपण रहेको छ।