बिहिबार, चैत्र १६, २०७९

भक्तपुरमा पाँचौं अरुण थापा स्मृति साँझ हुँदै

भक्तपुर साउन ३ ,
भक्तपुर साँगीतिक समाजले नेपाली सुगम आधुनिक संगीतका एक अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवस २०७९’को अवसरमा भक्तपुरमा पाँचौं ‘अरुण थापा स्मृति साँझ’को आयोजना गर्ने भएको छ।

भक्तपुर स्थित अक्सफोर्ड प्राक्टिकल ईङ्गलिस स्कुल सल्लाघारीको प्रांगणमा आगामी साउन ७ गते शनिवार आयोजना हुन् उक्त कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारहरु क्रमस सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोद राज ढुंगेल, आधीश्री कसपाल र नविन्द्रलाल कर्माचार्य लगातका कलाकारले स्व. थापाका गित गाउने आयोजक समाजका अध्यक्ष प्रविण शाहीले जानकारी दिनभएकोछ ।

त्यसैगरी वाद्यवादनमा गायकहरुलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चा लगातले वाद्यवादनमा साथ दिने जानकारी दिदै अध्यक्ष शाहीले वरिष्ठ संगीतकार दिपक जंगमको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा वरिष्ठ गितकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ले सम्मान गरिने जानकारी दिनुभयो ।
कार्यक्रमलाई सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल ईङ्गलिस स्कुल, गुडविल कन्सन्टले सहयोग रहेको छ भने कार्यक्रमको रेडियो पार्टनर भक्तपुर एफ एम १०५ दशमलव ४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना संगीत समूह रहेका पनि उहाँले जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930