बुधबार, बैशाख १९, २०८१

सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं असार १२ ,
चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित नाग्दी खोला समिपमा आज मध्यान्न खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । खसेको पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः फेरि पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। यद्यपी अहिले पहिरो पञ्छाउने काम भइरहेको समेत इप्रका मुग्लिनले जानकारी दिएको छ।