बुधबार, बैशाख १९, २०८१

थप २९ जना कोभिड संक्रमण पुष्टि , सक्रिय संक्रमितको सख्या १९२ पुग्यो

काठमाडौं असार १२ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप २९ जना कोभिड १९ का संक्रमित थपिएको जनाएको छ।

मन्त्रालयले पीसीआरबाट १०७७ जनाको नमुना परीक्षण गर्दा २१ जना र एन्टीजेनबाट ६५३ जनाको नमुना परीक्षण गर्दा ८ जना गरी २९ जना नयाँ संक्रमितको पहिचान भएको जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा १७ जना संक्रमणमुक्त भएको जानकारी संगै आज पहिचान भएका संक्रमित संगै सक्रिय संक्रमितको सख्या १९२ पुगेको जनाएको छ ।