बुधबार, बैशाख १९, २०८१

इन्धनको मूल्य समायोजन संगै घट्यो अन्तर प्रदेश चल्ने यात्रुबाहक सवारीसाधनको भाडा

काठमाडौं असार १२ ,

सरकारले बढ्दो इन्धनको मूल्यमा कर समायोजन गर्दै मूल्य घटाएसंगै अन्तर प्रदेश चल्ने यात्रुबाहक र मालबाहक सवारीसाधनको सार्वजनिक यातायातमा भाडा पनि घटेको छ।

अन्तर प्रदेश चल्ने यात्रुबाहक र मालबाहक सवारीसाधनको सावरी भाडा कम गरिएको जनाउँदै यातायात व्यवस्था विभागले सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा ५ दशमलव ४१ प्रतिशत भाडा कम भएको जानकार िदिएको छ।

त्यस्तै विभागले इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने क्रम अनुसार पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा सात दशमलव ६८ प्रतिशत भाडा घटेको विभागले जानकारी दिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031