शुक्रबार, बैशाख ७, २०८१

कर  कटौतीसंगै घट्यो पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २८ रुपैयाँ

काठमाडौं असार ११,
पेट्रोलियम पदार्थको मूल्यमा भएको अचाक्ली मूल्य वृद्धि पछि सर्वत्र भएको महंङ्गिलाइ दृष्टिगत गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको बढ्दो मूल्यमा डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गर्दै इन्धनको मूल्य समायोजन गरेको हो ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब  परेको    थियो ।

त्यस्तै पत्रकार सम्मेलनमा मन्त्री बडूले कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँमा शनिबार राति १२ बजेदेखि लागू हुने गरि उपलब्ध हुने बताउँनुभयो । यसअघि शनिबार बिहान बसेको सत्ताधारी गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर मूल्य समायोजन गरिएको हो ।नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी लगायतको उपस्थित रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031