शुक्रबार, बैशाख १४, २०८१

शनिबार देशभर  पूर्ण बदलीसंगै धेरै स्थानमा मेघ गर्जन सहितको वर्षा 

काठमाडौं असार ११,

जल तथा मौसम विज्ञान विभागले शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना औल्याएको छ । विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली र सूदुरपश्चिम प्रदेशमा देखिएको मनसुनी वायुको प्रभाव संगै यि प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै आइतबार पनि देशका विभिन्न प्रदेशमा सामान्यदेखि पूर्ण बदलीसंगै पहाडी भू–भागका धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।