मङ्लबार, चैत्र ६, २०८०

T.R मेधावी छात्रवृद्धि तामाङ्गलाइ

काठमाडौं असार १०,
स्व :तारानाथ बास्कोटा, रेशमकुमारी बास्कोटाको स्मृतिमा गठित T.R स्मृति फाउण्डेशनले यस वर्षको मेधावी छात्रवृद्धि धाडिङ्ग केवलपुर थाक्रे १० स्थित हरिहर भोजकुमारी माविका विधार्थी स्वयम तामाङ्गलाइ एक औपचारिक कार्यक्रमकावीच हस्तान्तरण गरेको छ ।

प्रत्येक वर्ष सर्वोकष्ट अंक सहित कक्षा ९ बाट १० मा प्रवेश गर्ने मेधावी विधार्थीलाइ सहयोग लगायतका विभिन्न रचनात्मक कार्यक्रमको लक्ष्य सहित नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष संगै नेपाली काँग्रेसका युवा नेता समेत रहेको शिवराज बास्कोटाले आफ्ना दिगंवत माता पिताको स्मृतिमा गत वर्ष गठन गरको प्रस्तुत फाउण्डेशनले तामाङ्गलाइ रु १० हजार १०५ नगद हस्तान्तरण गरेको हो ।

छात्रवृद्धि हस्तान्तरण कार्यक्रममा फाउण्डेशनको तर्फबाट वोल्दै बास्कोटाले छात्रवृद्धि कार्यक्रम संगै भविष्यमा अन्य थप कार्यक्रम समेत सञ्चालन गर्दै जाने    बताउनुभयो ।