सोमवार, बैशाख २४, २०८१

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै बढ्यो सार्वजनिक यातायातको भाडा

बुधबारदेखि लागू हुनेगरी आन्तरिक हवाई सेवाको भाडा समेत वृद्धि

काठमाडौं असार ६ ,
आइतवार मध्यरात्रीबाट पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ ।सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन सहित भाँडादर वृद्धि गरिएको जनाएको छ।

विभागले जारी सूचनामा यात्रुवाहक सवारीको भाडामा ५।३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६।९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७।७ प्रतिशतले भाडा वृद्धि गरिएको उल्लेख गरिएको छ।

स्मरण रहोस आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलमा समान प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरे मूल्य समायोजन गर्नु परेको विभागको भनाइ छ ।

यसैवीच पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै नेपाल वायु सेवा सञ्चालक सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी आन्तरिक हवाई सेवाको भाडा समेत वृद्धि गरेको छ ।
सङघले आज जारी सूचनामा वृद्धि गरिएको नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँ र सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर जम्मा रु ४ हजार १९५ पुगेको जनाएको छ ।