आइतवार, बैशाख २३, २०८१

प्रधानमन्त्री एवम् पार्टी सभापति देउवासंग महामन्त्रीद्वयको एसपिपी केन्द्रीत विेशेष छलफल

काठमाडौं असार ६ ,
नेपाली काँग्रेसका सभापति एवम् मुलुकको प्रधानमन्त्री शेरवहादुर देउवासँग पार्टीका दुई महामन्त्री विश्व प्रकाश शर्मा र गगन थापाको विशेष भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताको क्रममा उहाँहरुवीच पछिल्लो समय निकै चर्चाको चुलीमा रहेको अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोगाम अर्थातएसपिपी केन्द्रीत छलफल भएको थाहा भएको छ।

भेटवार्ताको क्रममा महामन्त्रीद्वयले प्रम देउवालाइ राष्ट्रिय सहमति निर्माण गरी एसपिपीमा कहिल्यै सहभागी नहुने गरी अमेरिकालाई पत्राचार गर्न कति पनि विलम्व गर्न नहुनेमा ध्यानाकर्षण गराउँदै आवश्यक प्रक्रिया सहित यस कार्यक्रममा सहभागी नहुन आग्रह गर्नु भएको हो ।

साथै प्रस्तुत विषयमा प्रमुख प्रतिपक्षी दल एमाले सहितको सहमभागीतामा सर्वदलीय बैठक मार्फत साझा धारणा तय गर्दै अगाडि बढ्नुको विकल्प नभएको भन्दै तत्काल यसबारे कदम चाल्न आग्रह गर्नुभएको थाहा भएको छ।

त्यस्तै छलफल पछि महामन्त्री शर्माले संञ्चारकर्मीलाइ संक्ष्प्ति प्रतिक्रिया दिदै आजको छलफलमा हामस् दुवैजनाले पार्टी सभापतिलाइ एसपिपी सहभागी हुन नहुनेमा ध्यानाकर्षण संगै पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन नभएको भन्दै चाँडो अधिवेशन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको बताउनुभयो ।