बुधबार, बैशाख २६, २०८१

टुकुचा खोलाले चालकसहितको मोटरसाइकल बगायो

पुतली सडक -अनामनगर सडकखण्ड जलमग्न , सवारी प्रभावित 

काठमाडौँ जेठ २५ ,
आज अपरान्ह परेको मुसलधारे भारी वर्षासंगै टुकुचा खोलामा बढेको पानीको बहावले काठमाडौंको लाजिम्पाटनगिचस्थित निल सरस्वतीस्थान नजिकबाट चालकसहित मोटरसाइकल बगाएको छ ।

वर्षाका कारण बहाव बढ्दा बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल चालकसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

पानीको बहावमा फसेको धापासी घर भएका २१ वर्षका मोटरसाइकल चालक सुरज अर्याललाई सकुशल उद्दार गरिएको छ भने बगाएको मोटरसाइकल फेला नपरेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

यसैवीच पुतली सडक -अनामनगर सडकखण्डमा वर्षाका कारण सडक जलमग्न  हुँदा त्यस रुटबाट चल्ने सवै सवारी प्रभावित भएको थियो भने पैडल यात्रुले निकै सकस व्यहोर्दै आ-आफ्नो आवागमन तय गरेको थियो ।