शुक्रबार, मंसिर १५, २०८०
Dashain

कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सभापति देउवाको अपिल

काठमाडौ वैशाख २७,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभएको छ।

उहाँले आज एक सार्वजनिक अपिल जारी गर्दै गर्नुृभएको अपिलमा वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर हाम्रो ऐतिहासिक पार्टी नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउनु हुन हार्दिक अनुरोध गर्दछु भनिएको छ।

त्यस्तै सभापति देउवाले आफ्नो अपिलमा कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेकोस्मरण सहित कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको अभियानमा निर्भिकता साथ सहभागी भएर मतदान गर्न आह्वान गर्नभएकोछ ।

यस्तै गरि अपिलमा कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिवद्ध छ । कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लगायतका सङ्कल्प नेपाली कांग्रेसले लिएको जनाउदै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड—१९ को महामारीको त्राशदीमा रहेका आम नागरिकलाई २०७८ चैत्रभित्र खोप उपलब्ध गराउने प्रतिवद्धता समयमै पूरा भएको स्मरण गराउन्ुभएको छ ।

साथै अन्योलमा रहेको मेलम्चीको खानेपानी यही बैशाख भित्र वितरण गरी काठमाडौं नगरवासीको आकांक्षा पूरा गर्न सरकार सफल भएको छ । नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदाय माझ भरोसा र विश्वास बढेको छ । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भैरहेको समृत उल्लेख गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30