शुक्रबार, चैत्र १६, २०८०

वैशाख ३० गते शुक्रबार  यातायात बन्द गर्ने आयोगको निर्णय

काठमाडौ वैशाख २६,
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारीदिनभएकेछ ।

साथै उहाँले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न मतदानका दिन यातायात बन्द गर्ने निर्णय आयोगले गरेको जानकारीदिनुभयो ।

त्यस्तै उहाँले मतदानका दिन अत्यावश्यक सामग्री बोकेका सवारी साधन पास वाहक सवारी भने सुचारु हुने जानकारी दिदै बैशाख २८ र २९ गते ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, ७ प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मतदान स्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृृत्वमा मतदान गर्ने तरिकाबारे जानकारी गराउने व्यवस्था लिाउन निर्देशन दिइएको जानकारीदिदै उहाँले यसवीचमानै नयाँ मतदाता परिचयपत्र वितरण गरिने बताउनुभयो ।

त्यस्तै वर्षबाट मतदान कार्य प्रभावित होस भन्नाका लागि आवश्यक सजगता सहित मतदान र त्यस पश्चात मतगणना कार्यका लागि समेत आवश्यक पर्ने पाल त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृतलाई निर्देशन दिएको जानकारीदिदै प्रवक्ता पौडेलले यसको लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्ने निर्णय गरिएको बताउनुभयो ।

साथै स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ अनुरुप मादक पदार्थ निषेध गर्ने मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य निषेध गर्ने निर्णय आयोगले गरेको समेत जानकारी दिनुभयो ।