शुक्रबार, बैशाख १४, २०८१

थप २१ जनामा सङ्क्रमण पुष्टि हुँदै गर्दा १७ जना सङ्क्रमणमुक्त

काठमाडौं बैशाख १२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजार ७७५ जनामा परीक्षण गर्दा थप २१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै मन्त्रालयले यसवीचमा १७ जना सङ्क्रमणमुक्त भएको र देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ जना रहेको जनाएको छ ।