शनिबार, बैशाख १५, २०८१

स्थानीय निर्वाचनमा पुनः उम्मेदवार हुने जनप्रतिनिधिले पदबाट राजीनामा दिन नपर्ने

आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

 

काठमाडौं चैत ३०,
आसन्न स्थानीय निर्वाचनमा पुन उम्मेदवार हुने जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने व्यवास्था सहिथ निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनको सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अदालतका न्यायाधीशद्दय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले आज सुनुवाइ गर्दै रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेसंगै जनप्रतिनिधिले निर्वाचनमा पुनः उम्म्ेदवार हुन पदबाट राजीनामा दिन नपर्ने भएको छ ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत ७ गते निर्वाचन आयोगको जनप्रतिनिधिले पुनः उठ्न आफ्नो पदबाट राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो ।

त्यस्तै उक्त रिटको सुनवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले गत चैत ८ गते आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

अदालतको उक्त आदेशविरुद्ध आयोगले तत्काल अन्तरिम आदेश खारेज हुनुपर्ने उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेटको निवेदन दर्ता हो ।