शनिबार, बैशाख १५, २०८१

पार्टीको निर्णय मान्दिनँ भन्ने नेता र कार्यकर्ता पार्टीमा बसीरहनुको कुनै अर्थ छैन :  नेता सिंह

काठमाडौं  चैत १८, 
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी निर्णय मान्दिनँ भन्ने नेता तथा कार्यकर्ता पार्टीमा बसीरहनुको कुनै अर्थ नरहेको बताउनुभएको छ। आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेता सिहंले कांग्रेसमा बसेर पार्टी कमजोर बनाउने काम गर्नुभन्दा पार्टीबाट बाहिरिँनु राम्रो हुने धारणा अभिव्यक्त गर्नुभएको हो ।

त्यस्तै नेता सिंहले गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेर मुलुकको आवश्यकता भएको भन्दै संविधान जोगाउन पनि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन रहने समेत बताउनुभयो ।

पार्टीभित्र एकथरी समूह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि व्यक्तिकोचरित्रहत्या संगै गठबन्धनविरुद्ध जनतामा अनावश्यक भ्रम छर्ने अभियानमा लागिरहेको बताउँदै देशको शासनसत्ता समाल्ने विषयमा नेपालका कम्युनिष्टहरुको नेतृत्व पनि विगतका तीन वर्षमा देखिएको र ती पार्टीहरु पुरै असफल भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमममा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले देशैभर नेपाली काँग्रेसको पक्षमा लहर आएको बताउँदै काँग्रेसलाइ अवका दिनमा पहिलो पार्टी बनाउँन सबैले आ–आफ्नो ठाउँमा सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै काठमाडौं काँग्रेसका सभापति सबुझ बानियाँले भ्रम र हल्लाको पछि नलागी घरघरमा पुगेर कांग्रेसका पक्षमा जनमत सृजना गर्न आग्रह गदै देश र जनताका पक्षमा काँग्रेसले गरेका राम्रा कामको प्रचार गर्दै भावी योजना सहित काँग्रेसको पक्षमा मत माग्न कार्यकर्तालाइ आग्रह गर्नुभयो । त्यसहवसरमा विभिन्न पार्टी परित्याग गरि १५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई नेपाली काँग्रेस नेताहरुले स्वागत गर्नुभएको थियो ।