शनिबार, बैशाख १५, २०८१

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ लगन पुर्याइने

काठमाडौ चैत २८,
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ आइतवार हनुमानढोका दरबार स्थित कालभैरव मन्दिर परिसरमा अघि पु¥याइएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठाशालाबाट रथयात्रा शुरु गर्दै शहरको भित्री भागमा ३ दिनसम्म मनाइने सेतो मच्छेन्द्रनाथको रथयात्राको दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पु¥याइएको हो ।

त्यस्तै रथयात्राको तेस्रो दिन आज अपरान्ह हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिने जात्रा व्यवस्थापन समितिले जनाएको छ।