शनिबार, बैशाख १५, २०८१

फोर नाइन बागलुङ ज्वेलर्स अव न्यूरोडमा पनि

काठमाडौं बैशाख ३ ,
काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ । नव वर्षको अवसर पारेर न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको हो ।
फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै चितवन नारायणगढस्थित बागलुङ ज्वेलर्सका संचालक टिकाराम सुनारले रिवन काटेर पसलको शुभारम्भ गर्नु भएको हो ।

शुद्धता हाम्रा प्रतिवद्धता नारा दिइएको यस पसलबाट गरगहना साथै अन्य सामग्री खरिद गर्दा २४ क्यारेटको शुद्ध सुन पाइने बताइएकोछ । विभिन्न उतारचढाव पछि काठमाडौंमा व्यवसायको विस्तार गर्ने क्रममा सुनारले न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात गरेका हुन् । अब विदेशमा सिकेको ज्ञान र अनुभवलाई आफ्नै मातृभुमिमा सदुपयोग गर्दै देशको अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै रोजगारीको अवसर श्रृजना गर्ने आफ्नो उद्देश्य रहेको सुनारले बताए ।

पसलको शुभारम्भको अवसरमा ज्यालामा ५० प्रतिशत छुटको सुविधा दिइएको छ । यो छुटको सुविधा आउँदो वैसाख १५ गतेसम्म लिन सकिने प्रोप्राइटर अमीर सुनारले जानकारी दिइएको छ।