शुक्रबार, बैशाख १४, २०८१

निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र, भयरहित बनाउन सबैको सहयोग अपरिहार्य : आयोग

[फाइल फोटो]

आचारसंहिता विपरीत कार्यहरु भए गरेको पाइएमा कारवाहीको चेतावनी

काठमाडौं बैशाख १०,
आसन्न् स्थानीय तह निर्वाचनको काउन डाउन अन्र्तगत बैशाख ३० गते आउँन २० दिन बाँकी रहँको छ । यसवीचमा आज आयोगले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा वोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी दिनमा मतपत्र छपाई गरेर निर्वाचन गर्न झन्झटिलो हुने भएकाले निर्वाचनमा मतपत्र भन्दा पनि ईलेक्ट्रिक मेशिनको प्रयोगमा जोड दिनु उचित हुनु बताउनुभएको छ ।

त्यस्तै उहाँले निर्वाचनलाई निष्पक्ष , स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन सबैको सहयोग अपरिहार्य रहेको भन्नुहुँदै उहाँले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ध्यान दिन सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

त्यस्तै निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा निर्वाचनका कार्यक्रम सञ्चालन हुने वातावरण बनाउन आयोगले सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्र लगायत सम्बन्धित सबै सरोकारवालाहरुमा अपिल गरेको छ ।

साथै पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको लागि आवश्यक मतपत्र १ करोड ९४ लाख मध्ये १ करोड ३६ लाख मतपत्र छाप्नेकाम सम्पन्न भइ सकेको जानकारी दिदै उम्मेदवारहरुले आफ्नो उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताले तोके बमोजिमको आचरण पालना गरिदिन आयोग सबैमा अपिल गर्दै आचारसंहिता विपरीत कार्यहरु भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

स्मरण रहोस आयोगद्दारा प्रकाशित निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता , वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मार्फत हुने आयोगले जनाएको छ ।