शुक्रबार, बैशाख १४, २०८१

दिवसको अवसरमा फोटो प्रदर्शनी

काठमाडौं बैशाख १३ ,
९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राजधानीको बसन्तपुरडबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ ।

नेपाल इन लकडाउन’ नाम दिईएको फोटो प्रदर्शनीमा कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समयमा खिचिएका फोटोहरु प्रदर्शन गरिएको छ । बुधबारसम्म प्रदर्शनी जारी रहने बताइएको छ। यसअघि भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै बसन्तपुरमा पुगेर समापन भएको थियो ।

यसैवीच फोटो पत्रकारिता दिवसको अवसरमा बसन्तपुरमा पिजे क्लव र नेपाल फोटो पत्रकार मञ्चले एक दिने खुल्ला फोटो प्रदर्शनीको आयोजना गरेका छन । प्रदर्शनीमा फोटो पत्रकारहरुले पत्रकारिता गर्दै गर्दा भोगेका दुःख र जोखिमहरुलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटोहरु राखिएका थिए ।