बिहिबार, बैशाख १३, २०८१

चन्द्रागिरि नगर  प्रमुखका लागि २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी मनोनयन

काठमाडौं बैशाख १३ ,
आसन्न् स्थानीय तह निर्वाचनको लागि काठमाडौको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। यसअघि यस नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा नेकपा एमालेबाट लिशा नकर्मी निर्वाचित भएको हो ।आइतवार र सोमवार भएको उम्मेदवार मनोनयनको क्रममा राजनीतिक दल र स्वतन्त्र गरी प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको हो ।

नगर प्रमुखका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनेमा कांग्रेसबाट घनश्याम गिरी र उपप्रमुखमा यमुनादेवी श्रेष्ठको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै माओवादी केन्द्रबाट नगरप्रमुखमा दिलबहादुर श्रेष्ठ र उपप्रमुखमा रुपा महर्जनले उम्मेदवारी दर्ता गराएको छ ।

त्यस्तै चन्द्रागिरि नगरपालिकाका अन्र्तगतका रहेका विभिन्न १५ वडाका वडाध्यक्षमा ९३ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्यमा १३७, महिला वडा सदस्यमा ६९ र दलित महिला सदस्यमा ५७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।